‘हेप्पी डेजको ‘पहिलो भिडियो सार्वजनिक

लण्डन । ‘ह्याप्पी डेज’मा दयाहाङ र दियाको प्रेम, गीतमा खाए मायाको कसम प्रदर्शन मिति तय नगरिएको चलचित्र ‘ह्याप्पी डेज’को लोक शैलीको गीत सार्वजनिक भएको छ ।

नेपालीहरुको महान चाड बडा दशैँको अवसर पारेर ‘चेप्टे चेप्टे पेरुङ्गो’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो । गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ भने गायक सिवाकोटीकै शब्दसंगीत रहेको छ ।

भिडियोमा पछिल्लो समय जम्दै गइरहेको जोडी अभिनेता दयाहाङ राई र अभिनेत्री दिया पुनले नृत्य गरेका छन् । चलचित्रमा दयाहाङ राइ, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी लगायतका कलाकारको अभिनय रहेको छ ।

मिलन चाम्सको निर्देशन रहेको चलचित्रमा सम्राट बस्नेतको एक्सन रहेको छ भने कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । ‘ह्याप्पी डेज’मा वीपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्सले लगानी गरेका छन् ।