लण्डन। नेपाल तरुण दल सुनसरीका अध्यक्ष एबम समाजसेबी सिजन गुरुङ्ग लन्डन आइपुगेका छन् । आगामी सेप्टेम्बर १ तारिख शनिबार एनआरएन युकेको आयोजनामा हुन लागेको ‘डिसाबिलिटी एड इभिनिङ ‘युके च्यारिटी कार्यक्रममा सहभागी हुन नेपाल तरुण दल सुनसरी जिल्लाका अध्यक्ष गुरुङ्ग बेलायत आइपुगेका हुन् ।
शनिबार अल्डरसटको एम्पायर हलमा आयोजना हुने कार्यक्रमका लागि अध्यक्ष एवं समाज सेवी सिजन गुरुङ्ग गरिमामय बिशेष आतिथ्यताका लागि मंगलबार सांझ लण्डन उत्रिएका हुन् ।
युवा नेता गुरुङ्गलाई स्वागतका लागि एनआरएन यूकेका उपाध्यक्ष तथा च्यारिटी बिभाग संयोजक प्रेम गाहा मगर तथा महासचिब आर के त्रिपाठी ,नेप्लिज युथ यूकेका अध्यक्ष धिरज राई ,देब गुरुङ्ग, फ़ोल्क्स्टन बाट कुमार थापा ,गजेन्द्र गुरुङ्ग ,पवावन राई ,धिरज राई ,एन्डी राई ,प्रीतम राई ,नबिन थापा र नबिन राई त्यसै गरि रेडिङ्ग बाट किशन गुरुङ्ग ,पुजन थापा ,मधु घिमिरे र आयुश महर्जन लगायत करिब एक दर्जन युबाहरुले विमानस्थलमै उनलाई न्यानो स्वागत गरेका थिए ।
कार्यक्रमका लागि लण्डन आइपुग्दै गरेका समाज सेवी सिजन उत्साहित देखिन्थिए । ‘निकै खुशी र उत्साहित छु यस्तो एतिहासिक च्यारिटी कार्यक्रममा सहभागी हुन बेलायत आउन पाएकोमा’, सिजनले लण्डन नेपाल न्यूज़ डट कम को कुराकानीमा बताए ।
विमानस्थलमा उत्रिनेवित्तिकै पाएको न्यायो स्वागत पछि सिजनले सेप्टेम्बर १ को कार्यक्रममा उपस्थित भइदिन बेलायतबासी सबै नेपालीहरुलाई आग्रह पनि गरे ।यसै बीच उक्त कार्यक्रममा बिशेस प्रस्तुतिका एउटा खुट्टाले नाचेर ठूलो ख्याती कमाउन सफल कलाकार निलम ढुंगाना यस अघिनै लन्डन आई सकेकी छन् ।
च्यारिटी कार्यक्रमका लागि तयारी लगभग पूरा भएको एनआरएन युकेका उपाध्यक्ष तथा च्यारिटी बिभाग संयोजक प्रेम गाहा मगर र महासचिब आर के त्रिपाठीले बताए ।
उक्त कार्यक्रममा कलाकार निलम ढुंगाना, अफगानिस्तानमा दुवै खुट्टा गुमाएर पनि साहसिक रुपमा विभिन्न पर्वतारोहण पूरा गरेका किर्तिमानी भूपू गोर्खा हरि बुढा मगरदेखि बेलायती सेनामा सेवाकै क्रममा अपांगताको शिकार बनेर पनि समाजमा विभिन्न उदाहरणीय कार्यहरु गर्दै आएका विनोद बुढाथोकी, नेत्र राना र शिव थजाली, कुशल नृत्यांगना तथा मिसेस यूके नेपालकी एक विजेता अमृता गिरी लगायतले आफ्ना विशेष प्रस्तुति देखाउनेछन् ।
त्यस अवसरमा हरि बुढा मगर र विनोद बुढाथोकीले आफ्नो जीवन अनुभवबारे मन्तव्य पनि राख्नेछन् । ६ सय जना सहभागी हुने अपेक्षा गरिएको कार्यक्रमबाट झण्डै १४ हजार पाउण्डको कोष संकलन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा सहभागिताको लागि ४० पाउण्डको टिकट लाग्ने आयोजकले बताएका छन् ।अपङगता भएका ब्यक्तीहरूको सत्य घटनामा आधारित हृदय बिधारक ड्रामा सो हुने बताइएको छ ।
यसैबीच एनआरएन युकेका अध्यक्ष योग कुमार फगामीले पवित्र लक्ष र मानवीय सहयोगको भावनाले आयोजित कर्यक्रममा उपस्थिति जनाएर सहयोग तथा अपांगता भएका हरुप्रति हौसला र सदभाव प्रकट गरिदिन सबैमा अनुरोध गरेका छन् ।
हेर्नुहोस लण्डन नेपाल न्यूज़ डट कमका लागि प्रधान सम्पादक शिब भण्डारी ले लिएको भिडियो रिपोर्ट :
https://www.facebook.com/londonnepalnews/videos/469675563531804/










