काठमाडौँ- दुई नम्बर प्रदेशमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ ।
१३६ स्थानीय तहमध्ये हालसम्म १२५ वटा स्थानीय तहको अन्तिम नतिजा प्राप्त भएको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसले ३७ वटा स्थानीय तह जितेको छ भने दोस्रो स्थानमा संघीय समाजवादी फोरम नेपाल र जनता पार्टी नेपालले २३–२३ स्थानीय तह जितेका छन् ।
नेकपा माओवादी केन्द्रले २० स्थानीय जितेको छ भने नेकपा एमालेले १६ स्थानीय तह जितेको छ ।
नेपाल लोकतान्त्रिक फोरमले ३ तथा नेपाल जनता दलले दुई स्थानमा जित हासिल गरेको छ ।
नयाँ शक्तिले एक स्थानमा जीत हासिल गरेको छ ।






