मध्यरात लन्डन ब्रिजमा आतंकवादी हमला, एकको मृत्यु

लन्डन- शनिबार मध्यरात लन्डनको मुटु लन्डन ब्रिज र बरो मार्केटमा आतंकवादी आक्रमण भएको छ । चक्कु हमलामा कम्तिमा एक जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् ।

बीबीसीका अनुसार प्रहरीले लन्डन ब्रिज र बरो मार्केटमा चरमपन्थी हमला भएको बताएका छन् । प्रधानमन्त्री टेरीज़ा मेले भने घटनालाई ‘सम्भावित आतंकी घटना’ भनेकी छन् ।

मेट्रोपोलिटन पुलिसले आक्रमणाकारी पहिचान भएको बताएको छ ।

घटनालगत्तै लन्डन ब्रिज भएर चल्ने यातायार रोकिएको थियो भने रुट बदलिएको थियो ।