थाइल्याण्डको ‘द बर्मा रेलवे’ विश्वकै यस्तो रेलमार्ग हो, जसलाई बनाउँदा अत्याधिक मानिसको मृत्यु भएको रेकर्ड छ। ‘डेथ रेलवे’ को नामले बदनाम यो रेलमार्ग ४१५ किलोमिटर लामो छ। यसले थाइल्याण्ड र बर्माको रंगुनलाई जोड्छ। यो रुटमा पर्ने ‘क्वाई’ नदी मा बनाइएको डेभिड लियान पुलको कथा अझ सबैभन्दा भयावह छ।

थाइल्याण्ड-बर्माको बीच बनाइएको यो रेलमार्गको कथा दोस्रो विश्व युद्धबाट सुरु हुन्छ। जापानलाइ बर्माको मोर्चामा ब्रिटेन-अमेरिकाका सैनिकसंग लिडरहेका आफ्नो फौजलाई रासन पुर्याउन यो रेलमार्ग बनाउन जरुरी थियो, किनकी समुन्द्री मार्ग दुश्मन देशको सेनाको कब्जामा थियो।
यो रेल रुट बनाउन कयौं वर्ष लाग्थ्यो तर करिब १ वर्षको अवधि (सन् १९४२ जुन – १९४३ अक्टुबर) मै यो रेलमार्गको निर्माण कार्य सकिएको थियो।

यो रेलमार्ग बनाउन जापानले युद्धमा समातिएका अष्ट्रेलियन, ब्रिटिश, अमेरिकन र डच सैनिकहरुलाई काममा लगाइएको थियो। साथै केही एसियाली मजदुरहरु पनि यो रेलमार्ग बनाउन खटेका थिए।

मजदुरहरुलाई दिनको १८ घण्टा काममा जोताइन्थ्यो। २४-२४ घण्टा लगातार पर्ने पानीको बाबजुदपनि बन्धक मजदुरहरुलाइ काममा लगाइने गरिन्थ्यो।खानको लागि केवल दिनको २५० ग्राम चामल दिइन्थ्यो।
सेपिलो इलाकामा लामखुट्टेको टोकाइले अधिंकाश बन्धक मजदुरहरु डेङ्गु, मलेरियाको कारण मर्ने गर्थे। हरेक दिन २० मजदुरको मृत्यु सामान्य भैसकेको थियो।

रेलमार्ग अन्तर्गतको ‘थ्री प्यागोडा’ पुल बनाउँदा १७०० बन्धक मजदुरहरुलाइ पठाइएको थियो। पुल त आठ महिनामै बनेको थियो तर अक्टोबरमा काम सकेर फर्कदा केवल ४०० मजदुरमात्र फर्किएका थिए।

sottmurray.com को अनुसार यो रेलवे रुट बनाउँदा मृत्यु हुने को सङ्ख्गा यसप्रकार थियो।
| मजदुर | काम गर्नेको सङ्ख्या | मृतकको संङ्ख्या |
| एसियाका मजदुर | २००,००० | ८०,००० |
| ब्रिटिस बन्धक | ३०,००० | ६५४० |
| डच बन्धक | १८,००० | २,८३० |
| कोरिया/जापानी सैनिक | १५,००० | १००० |
| अष्ट्रेलियाका बन्धक | १३,००० | २,७१० |
| अमरिकन बन्धक | ७०० | ३५६ |
यो रेलमार्ग बनाएपछि ६१,७०० मजदुरलाई रेलमार्गको मर्मतको लागि लगाइएको थियो।








