बेलायतबाट विश्व सम्मेलनमा सहभागी हुनेहरुको नाम संकलन गर्न गुरुङलाई जिम्मेवारी

लन्डन– एनआरएनए यूकेले बेलायतबाट विश्व सम्मेलनमा सहभागी हुनेहरुको नाम संकलन गर्न आईसीसी सदस्य जयप्रकाश गुरुङलाई जिम्मेवारी दिएको छ ।
एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी र महासचिव राजकुमार त्रिपाठीले संयुक्त सूचना जारी गर्दै गुरुङलाई जिम्मेवारी दिएको जनाएका छन् ।
‘गैरआवासीय नेपाली संघ बेलायतबाट अक्टोबर १४ –१७ सम्म काठमाडौंमा हुने विश्व सम्मेलनमा बेलायतबाट प्रतिनिधिकोरुपमा सहभागी हुने सदस्यहरुको लागि समन्वय गरी नाम संकलन गर्न एनआरएन आईसीसी सदस्य श्री जयप्रकाश गुरुङलाई संयोजक तोकिएको जानकारी गराउँदछौं,’ सूचनामा भनिएको छ ।
एनआरएनए यूकेका महासचिव त्रिपाठीका अनुसार ३० सेप्टेम्बर २०१७ सम्ममा बेलायतबाट प्रतिनिधिकोरुपमा सहभागी हुने सदस्यहरुले रजिस्ट्रेसन शुल्क:१सय ५० पाउण्ड सहित गुरुङको इमेल jpgrg2007@gmail.com वा टेलिफोन नम्बर ०७९१२०६२५२५ मा सम्पर्क गर्न सकिन्छ । एनआरएनए यूकेले बैंक खातामा रकम जम्मा गरेर सहभागीलाई सम्पर्क गर्न पनि अपिल गरेको छ ।
एनआरएनएको विश्व सम्मेलन अक्टोबर १४–१७ सम्म काठमाडौंमा हुनेछ ।