बेलायत भ्रमणबाट समर्थकको प्रशंसा र हौसला बोकेर फर्किए रवि

लन्डन। चार दिने बेलायत भ्रमण सकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नेपाल फर्केका छन्   उनी आफ्नो पार्टीको मिसन ८४ को जन समर्थकको प्रशंसा हौसला र उत्साह बोकेर बिहीवार बेलुका फर्किएका हुन  ।

रास्वपा सभापति रवि लामिछानेले ‘एक पटकको नेपाली सधैंको नेपाली भन्ने’ नीति आफ्नो पार्टीको धारणा रहेको बताए। 

आफ्नो चार दिने भ्रमणका क्रममा लामिछानेले स्विण्डन स्थित नेप्लिज एसोसियसन अफ वेल्सायरको कार्यक्रममा सरिक हुनुका साथै प्रवास नेपाली संपर्क बिभाग युकेद्वारा सोमबार बर्मिङहम, मंगलबार बिहान प्लमस्टिड र बेलुका अल्डरसटमा सम्बोधन एबम  ब्यापक अन्तरक्रिया गरेका थिए ।बुधबार उनले लन्डनस्थित नेपाली दूतावास तथा बेलायती संसद भवनमा राजनीतिक भेटघाट गरेका थिए ।

कार्यक्रममा खादा,मालाको प्रयोग नगरी  नेपालको राष्ट्रिय झन्डा ओढाएर स्वागत गरिएको थियो भने उनले घन्टी बजाएर कार्यक्रम उद्घाटन गरेका थिए  

रास्वपा सम्पर्क विभाग यूकेका सभापति पवन शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजक ज्ञान प्रसाद गुरुङले गरेका थिए ।

रास्वपा बेलायत प्रवक्ता विष्णु चालिसेले मिसन ८४ का लागि बेलायतका उत्साहित नेपाली जनसमुदायले रवि आएमात्रै देशमा पुराना नेताहरु विश्राम लिने बताउंदै रविलाई जिताउन पूर्ण ऐक्यवद्धता र साथ रहेको बताएका जनाए । चालिसेले नेपालको समृद्धि अब रास्वपाबाट मात्र सम्भव भएको बताए ।

रास्वपा ‘प्रवास नेपाली सम्पर्क विभाग यूके’ को निमन्त्रणामा बेलायत आएका लामिछानेले लन्डनस्थित नेपाली दूतावास तथा बेलायती संसद भवनमा राजनीतिक भेटघाट समेत गरेका छन् 

उनका साथमा श्रीमति निकिता पौडेल र स्वकीय सचिव एवम् पार्टी केन्द्रीय सदस्य दीपक बोहोरा पनि बिहीवार नेपाल प्रस्थान गरिसकेका छन् ।