तमुधिं लन्डन आमा समूहको तीज भब्य [भिडियो सहित]

शिब भण्डारी
लन्डन । तमुधिं लन्डन इकाइ आमा समूहले आइतबार नर्थहोल्ट सोसियल क्लवमा तीज कार्यक्रम गरेको छ । आमा समूहकी अध्यक्ष हुमकुमारी गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा तमुधिं लन्डन इकाइ अध्यक्ष डेभिड गुरुङ, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, बुद्धिष्ट कम्युनिटी सेन्टर यूके अध्यक्ष तथा इकाइ सल्लाहकार नारायणप्रसाद गुरुङ लगायतले तीजको शुभकामना दिए । आमा समूहकी महासचिव एवं कार्यक्रम संयोजक दिलमाया गुरुङले सञ्चालन गरेको कार्यक्रममा नेपालबाट आएकी गायिका रुपा घर्ती मगरले विभिन्न गीत गाएर दर्शक नचाइन् ।
कार्यक्रममा उत्कृष्ट नाच गर्ने दशजना महिलालाई पुरस्कृत गरियो । उत्कृष्ट नाच र पोशाकमा गीता बस्नेत पाण्डे प्रथम र प्रिमा भट्टराईले दोश्रो पुरस्कार जिते । राफल ड्र समेत कार्यक्रमको अर्को आकर्षण थियो जसमा प्रमुख अतिथी प्रेमकुमार गुरुङले पहिलो पुरस्कार जितिन् । सहभागी महिलाहरु डिजे सपनकुमार राईको तीज, हिन्दी र नेपाली गीतमा मज्जाले नाचेका थिए ।