गगगनशिला खड्का
गुल्मी २५ माघ । गएराती रुपाकोट खसिमारेमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । पाँच जना घाईते भएका छन् । उल्लीखोला बाट शान्तीपुर गिट्टी पु¥याएर फर्किँदै गर्दा ट्याक्टर दुर्घटना भएको हो । शान्ती निर्माण सेवा प्रा।लि को लु १ त ८२४६ ट्याक्टर दुर्घटना हुँदा रुपाकोट गाविस वडा नं ७ का छबिलाल परियारको निधन भएको हो । दुर्घटनामा रुपाकोट गाबिसकै कर्ण बहादुर सुनार, अर्जुन परियार, खेम बहाँदुर नेपाली, तुराङ्ग गाबिसका चन्द्र बहादुर बस्याल र चालक रौतहट जिल्लाका शिब बिक घाईते भएका छन् । घाईते हरुको मिसन अस्पताल तानसेन पाल्पा मा उपचार भईरहेको छ । दुर्घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिए ।
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाईते






