युकेमा कोरोना महामारी कम हुँदै, पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु

लण्डन – बेलायतमा कोरोना भाइरसको संक्रमण र मृत्युदरमा कमी आउदै गइरहेको छ ।

पछिल्लोे २४ घण्टामा ७४५ जनामा संक्रमण पुष्टि भएको छ भने १४ जनाको मृत्यु भएको छ । यो सँगै युकेमा कोरोना महामारी नियन्त्रणमा आउन लागेको अधिकारीहरुले बताएका छन ।

हाल सम्म युकेमा करिब ३ लाख संक्रमित रहेका छन भने ४६ हजार ७ सय ५२ जनाको मृत्यु भएकोे छ । युकेले हालसम्म १ करोड ४७ लाख भन्दा बढी परिक्षण गरिएको छ । हाल गम्भीर केसहरु १०४ मात्र रहेका छन ।