मलेसियाको जेलमा रहेका २० नेपालीलाई निःशुल्क हवाई टिकट

क्वालालम्पुर । मलेसियाको जेलमा वन्दी जीवन विताईरहेको २० जना नेपालीहरुलाई नेपाली ब्यापारी समाज मलेसियाले २० वटा टिकट उपलब्ध गराएको छ । नेपाली ब्यापारी समाज मलेसियाको आठौं वाषिर्कोत्सवको अवसरमा समाजले २० वटा निःशुल्क टिकट उपलब्ध गराएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली दुतावासका द्वितीय सचिव उत्तम शाहीलाई ब्यावसायी समाजका अध्यक्ष इन्द्र नारायण लिम्वुले उक्त टिकट वरावरको रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वोल्दै अध्यक्ष लिम्वुले भूकम्पपीडितहरु भएको एउटा स्कुललाई नेपाली ब्यावसायी समाज मलेसियाले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
क्वालालम्पुरको होटल आकांशामा भएको वाषिर्कोत्सवको उदघाटन गर्दे नेपाली दुतावासका द्वितीय सचिव शाहीले ब्यापारी समाजले गरेका कामहरुको सह्रानीय गर्दै ब्यापारी समाजले गर्ने सकारात्मक कामहरुमा नेपाली दुतावास सधै साथमा रहेका वताए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष महेन्द्रजंग शाह, आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष दीपक तामाङ, स्वास्थकर्मी सूर्य कार्की लगायतकाले शुभकामना दिएका थिए ।
नेपाली ब्यापारी समाजका उपाध्यक्ष कृष्ण कुरुम्वाङको स्वागत मन्तब्यवाट शुरु भएको वाषिर्कोत्सवमा गएको वैशाख १२ गते नेपालमा गएको भूकम्पपछि मलेसियाका ब्यापारीहरुले गरेको सहयोगकोवारेमा सहसचिव विपिन राई र कार्यसमितिका सदस्य दिल केरुङ लिम्वुले फिल्डमा जादा खेरीको अनुभवको वारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा विनाशकारी भुकम्पमा परेका वेलामा मलेसियावाट सहयोग गर्ने विभिन्न क्यापारी समाजसेविलाई खादा तथा प्रशंशापत्रले सम्मान गरिएको थियो । सोहि कार्यक्रममा राहत वितरण गर्दाको डकुमेन्ट्री प्रस्तुत गर्नुका साथै महाभूकम्प २०७२ नामक पुस्तक समेत सार्वजनिक गरिएको थियो ।