काठमाडौं– बेलायती विश्वविद्यालयको कार्यक्रम स्वदेशकै ब्रिटिस कलेजमा अध्ययन गर्ने २ सय १ विद्यार्थी दीक्षित भएका छन् ।
बेलायतको युनिभर्सिटी दी वेस्ट अफ इंग्ल्यान्ड र लिड्स वेकेट युनिभर्सिटीको सहकार्यमा ६ वर्षदेखि ब्रिटिस कलेजले बेलायती डिग्री स्वदेशमै पाउने गरी शिक्षा मन्त्रालयबाट अनुमति लिएको छ ।
युनिभर्सिटी अफ दी वेस्ट अफ इंग्ल्यान्डको पाठ्यक्रममा बीबीए (हन्स) बिजनेस एन्ड म्यानेजमेन्टका ६९ र एमएस्सी इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका २८ जना दीक्षित भएका छन् । त्यसैगरी लिड्स बेक्केट युनिभर्सिटीअन्तर्गत बीएस्सी (हन्स) कम्युटिङका १ सय ४ विद्यार्थी दीक्षित भएका छन् ।






