लन्डन– नेपालकी चर्चित अल्ट्रा धाविका मिरा राई संयुक्त अधिराज्यमा शनिबार भएको ‘सोलोमोन बेन नेभिस’ अल्ट्रा दौड प्रतियोगितामा च्याम्पियन बनेकी छन् ।
मिराले निर्धारित दुरी १५ घन्टा २७ मिनेट ४ सेकेण्डमा पुरा गर्दै महिलातर्फ च्याम्पियन भइन् । समग्रमा भने मिरा छैटौं भएकी थिइन् । समग्रमा उनीभन्दा अगाडि सबै पुरूष प्रतिस्पर्धी मात्रै रहेका छन।
संयुक्त अधिराज्यको दक्षिण तटमा अवस्थति विश्व चर्चित लख नेसबाट सुरु भएर स्कटल्याण्डको पहाडी मैदान छिचोल्दै यो दौड बेलायतको सबैभन्दा अग्लो पहाड बेन नेसिभ हुँदै स्कटल्याण्डको किन्लोखलेभनमा सकिएको थियो ।
मिराले यसअघि पनि विश्वका विभिन्न दौडमा ठुला उपाधि उचालिसकेकी छन् । माओवादी लडाकुबाट अयोग्य ठहरिँदै बाहिरिएकी मिरा अल्ट्रा दौडमा भाग लिँदै निरन्तर सफल भइरहेकी छन् ।






