फिनल्याण्ड नागरिकले गरे गुल्मीमा सरसफाईको अनुगमन

गनशिला खड्का
गुल्मी २५ माघ । आफुले खाजा खर्च कटाएर पठाएको रकमले प्रभावकारी रुपमा काम भएनभएको विषयमा फिनल्याण्डका नागरिकले अनुगमन गरेका छन् ।

नेपाल सरकार र फिनल्याड सरकारको संयुक्त लगानी रहेको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोश्रो चरण पोखरा पश्चिम नेपाल ग्रामिण खानेपानी परियोनाद्धारा सञ्चालित कार्यक्रमको फिनल्याण्ड नागरिक यारी लौकाले अनुगमन गरेका हुन् ।

lauka

सरसफाई र खानेपानीको क्षेत्रमा काम गर्ने उदेश्यले सञ्चलित परियोजनाले गुल्मी जिल्लाका गाउँ गाउँमा सरसफाई अभियानमा काम गरीरहेको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोश्रो चरण पोखरामा अनुगमन मुल्याङ्गन तथा संस्थागत विकास विज्ञको रुपमा कार्यरत लौका गुल्मीमा भएको कामप्रति खुसी देखिएका छन् ।गुल्मी जिल्लाका परियोजना सञ्चालन भएका गाविसमा अनुगमन गर्दा उनी सन्तुष्ट देखिएका हुन् । खुल्ला दिशामुक्त गाविस घोषणा कार्यक्रममा गुल्मीको हर्मिचौरमा पुगेका लौकाले सार्वजनिक कार्यक्रममा नेपालीमा मन्तव्य राख्दै सरसफाईमा ध्यान दिन आग्रह गरेका थिए ।

विदेशी नागरिक भएपनि नेपालीमा भाषण गरेर लौकाले सबैलाई आश्चर्यमा पारेका थिए । उनले मन्तव्य राख्दै ः“ सबैले शौचालय बनाउनु पर्छ,शौचालयमै दिशापिसाव गर्नुपर्दछ ।” भने । लौकाले सबैजनाले सरसफाईमा ध्यान दिनुपर्ने बताए । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोश्रो चरण गुल्मीका वास सल्लाहकार शम्भु शाहले जिल्लामा भएका कार्यक्रमका बारेमा राम्रो प्रतिक्रिया पाएको बताए । उनले परियोजना सञ्चालन भएपछि सरसफाई र खानेपानीको क्षेत्रमा व्यापक काम भईरहेको बताए ।  सोही अवसरमा लौकाले हर्मिचौर गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्न सफल भएकोमा पुरस्कार स्वरुप एक लाख रुपैयाँको चेक गाउँ विकास समितिका सचिव मित्र पोखरेललाई हस्तान्तरण गरेका थिए ।

lauka 2

lauka 3