विमलेन्द्र निधिलाई निर्वाचन आयोगको स्पष्टिकरण

काठमाडौं– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ मा हुन गइरहेको निर्वाचनको प्रचारप्रसारका क्रममा विभिन्न राजनीतिक दलका नेताले निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि उनीहरुसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ ।

निर्वाचनको प्रचारप्रसारका क्रममा धनुषामा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले आफ्नो पार्टीको निर्वाचन चिह्न अंकित गम्छा लगाई सहभागी भएको भन्दै आयोगले सो कार्य निर्वाचन आचारसंहिताविपरीत भएकाले स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

त्यस्तै सिरहाको धनगढी नगरपालिकाको जिरो माइलमा आयोजित चुनावी सभामा पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न बालबालिकाको प्रयोग गरिएको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग गर्ने विषय निर्वाचन आचारसंहिता विपरीतको भएको भन्दै आयोगले काँग्रेस सिरहाका सभापतिलाई २४ घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।