शिब भण्डारी,
लन्डन– नेपाली जनसम्पर्क समिति यूकेको अधिवेशनकालागि कांग्रेस नेता सुरेन्द्रराज पाण्डे बेलायत आएका छन् । जनसम्पर्क समिति यूकेको निर्वाचन आउन अब २ दिन बांकी रहंदा चुनावी माहोल उत्सर्गमा छ ।
बेलायतको हिथ्रो विमानस्थल टर्मिनल– ४ मा जनसम्पर्क समिति यूकेका नेता कार्यकर्ताहरुले बिहिबार बिहान नेता पाण्डेको भब्य स्वागत गरेका छन् । स्वागतका लागि कांग्रेस नेता लोक गुरुङ,विश्व आदर्श पण्डित युवराज गुरुङ, कोपिला सुब्बा, सुवास पोखरेल रितेश राज पाण्डे बेदराज पराजुली लगायत विमानस्थलमा पुगेका थिए ।
अधिवेशनका लागि कांग्रेस नेता एनपी साउद सेप्टेम्बर १५ शुक्रबार लन्डन आइपुग्ने कार्यक्रम छ ।
जनसम्पर्क समिति यूकेको चौथो अधिवेशन सेप्टेम्बर १६ तारिख शनिबार पश्चिम लन्डनको इम्पेरियल कन्फ्रेन्स हलमा हुँदैछ । जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङले सक्रियतापूर्वक सहभागी हुँदै अधिवेशन सफल बनाउन अपिल गरेका छन् ।






