दक्षिण चीनको गुआङ्गडोङ्ग प्रान्तमा भएको एक आगलागीमा परी १७ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । स्थानीय समयाअनुसार बिहीबार अपरान्ह् १:५१ मा सो गोदामघरमा लागलागी सुरु भएको बताइएको छ । एक भवनको चार तलाबाट सुरु भएको यस आगलागीलाई स्थानीय समयाअनुसार बिहीबार ७ः५५ बजे मात्र नियन्त्रणमा लिइएको सरकाराद्धारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।
आगलागीमा १७ को मृत्यु






