इस्लामिक अतिवादी संगठन (आइएस)ले आफ्ना वायुसेनाका पायलटलाई जिउँदै जलाएर हत्या गरेपछि आक्रोशित बनेको जोर्डनले आइएसविरुद्ध व्यापक हवाई आक्रमण थालेको छ । सिरिया र इराकको आइएस नियन्त्रित क्षेत्र तथा प्रशिक्षण केन्द्रमा ठूलो मात्रामा हवाई आक्रमण गरिएको हो । आइएससँग बदला लिएरै छाड्ने प्रण गरेको जोर्डनी आक्रमणबाट आइएस नियन्त्रित क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ भने केही लडाकू घाइते भएको जनाइएको छ ।
जोर्डनले आइएसविरुद्धको अभियानमा अमेरिकालाई साथ दिने घोषणा पनि गरेको छ । जोर्डनी पाइलट मोएज अल कसासबेहको हत्यापछि क्रूद्ध बनेको जोर्डनले आइएसलाई जरैदेखि निमिट्यान्न पार्न लाग्ने प्रण गरेको छ ।
जोर्डनद्धारा हवाई आक्रमण






