गैरआवासीय नेपाली सङ्घ स्पेनले कूटनीतिक सम्बन्ध बलियो बनाउन त्यहाँ नेपाली दूतावास खोल्न सरकारसँग माग गरेको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी दूतावास खोलिएमा द्विपक्षीय लगानी तथा कूटनीतिक सम्बन्धमा नयाँ आयाम थपिने जनाएको छ । सङ्घका अध्यक्ष एकराज गिरीले सो विषयमा राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र मन्त्री र राजनीतिक दलका प्रमुखलाई समेत ज्ञापनपत्र दिइएको बताउनुभयो ।
उहाँले दूतावास नहुँदा स्पेनमा जाने तथा बस्ने नेपालीले भारतको नयाँदिल्लीमा पुगी विभिन्न कागजी झन्झट व्यहोर्नु परेको जानकारी दिनुभयो । सङ्घले नेपालले स्पेनमा दूतावास खोलेमा स्पेनले पनि नेपालमा चाँडै आफ्नो दूतावास खोल्ने सम्भावना भएको जनाएको छ ।
स्पेनमा दूतावास खोल्न आग्रह






