लन्डन । अल्डरसट होस् वा लन्डन प्लमस्टिड । हयारो होस् अथवा फेल्थाम । बेलायतका कुना कुनातिर हुने नेपाली कार्यक्रममा समेत एउटा अनुहार झुल्किएकै हुन्छ ।
हंसिलो र दृढ आत्मबल भएकी ति समाजसेवी महिला हुन् शान्ति थापा कुंवर । सम्भवतः घर परिवार भएर पनि पूर्णकालिन् समाजसेवामा होमिएकी कुंवर एनआरएनए यूकेमा एक्ली महिला अभियन्ता हुन् । समाजसेवाकै लागि उनले आफ्नो नर्सिङ जागिर पनि छाडेकी छन् अहिले । शाकाहारी, अल्कोहल नपिउने सादा जीवन बिताइरहेकी ओशोभक्त उनी अरुबाट लिन होइन, बरु सकेको दिउं भन्ने मान्यता राख्छिन् । च्यारिटी कार्यक्रममा उनले आफ्नो क्षमताले भ्याएसम्म दान गरिरहेकी हुन्छिन् ।
एनआरएनए यूकेले गर्ने हरेक कार्यक्रममा पुगेर महिला हक हितका कुरा गर्ने कुंवर यतिखेर ९ सेप्टेम्बरमा हुन लागेको एनआरएनए यूके निर्वाचनमा आइसीसी सदस्यकी उम्मेदवार भएर मत मागिरहेकी छन् । म समुदायकै लागि केही गर्ने अठोट लिएर अगाडि बढेकी छु । यसपटक पनि सबैले मलाई साथ दिनुहुनेछ भन्ने आशा छ, उनले भनिन् । एनआरएनए अभियानमा उनको दशक बढिको योगदान छ ।
एनआरएनए यूकेको ०११( ०१३ कार्यसमितिमा अत्यधिक मतले सदस्य जितेकी उनले सन् ०१३(०१५ मा प्रथम महिला उपाध्यक्षको जिम्मेवारी पाइन् । ०१५(०१७ मा उनी पुनः उपाध्यक्षमा निर्वाचित भइन् । उनलाई एनआरएन अभियानमा लाग्न पारिवारिक साथ पनि छ । एनआरएनए अभियानबाहेक उनको संलग्नता अन्य धेरै सामाजिक तथा जातीय संघसंस्थामा समेत छ । उनी मगर संघ यूके केन्द्रिय सदस्य, मगर संघ यूके ट्रष्टी सल्लाहकार, मगर संघ युरोप अमेरिका सदस्य, ग्रेटर रसमोर नेपलिज कम्युनिटी सल्लाहकार, यती सल्लाहकार, नेपलिज नर्सिङ एसोसिएसन यूके सल्लाहकार आदि छन् ।
१७ वर्षदेखि बेलायत बस्दै आएकी शान्ति कुंवर हाल क्याम्बर्लीमा बस्छिन् ।
एनआरएनए यूके निर्वाचनमा आइसीसी सदस्यकी उम्मेदवार—–






