देउवा सरकार पुग्यो ५० सदस्यीय, अझै थपिन बाँकी

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार फेरि आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले मंगलबार मन्त्रिमण्डलमा १५ जना राज्यमन्त्री थप गरेका हुन् । थपिएका राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ समेत लिइसकेका छन् ।

मंगलबार प्रधानमन्त्रीले कांग्रेसबाट १२ र नेपाल लोकतान्त्रिक फोरमबाट ३ जना राज्यमन्त्री थपेका छन् ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल मंगलबार विस्तार भएसँगै ५० सदस्यीय भएको छ । मन्त्रिमण्डलमा ३ उपप्रधानमन्त्रीसहित २६ मन्त्री र २३ राज्यमन्त्री छन् । देउवाले आइतबार मात्रै माओवादी केन्द्रका ८ जनालाई राज्यमन्त्री बनाएका थिए ।

राप्रपा प्रजातान्त्रिकका लागि मन्त्रालय बाँकी राखेकाले मन्त्रिमण्डल अझै ठूलो हुनेछ ।

नवनियुक्त राज्यमन्त्रीहरु
वाङदी शेर्पा सामान्य प्रशासन

सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात

रिता प्रसाई कृषि विकास

शेषनाथ अधिकारी शिक्षा

नरबहादुर चन्द वाणिज्य

अब्दुल रज्जाकगद्दी खानेपानी तथा सरसफाई

तप्तबहादुर विष्ट सूचना तथा सञ्चार

अमरसिंह पुन सिँचाइ

दिलमान पाख्रिन कानुन, न्याय, तथा संसदीय मामिला

उदयशम्सेर राणा अर्थ

डिल्लीबहादुर चौधरी श्रम तथा रोजगार

तेजुलाल चौधरी युवा तथा खेलकुद

चम्पादेवी खड्का सहकारी तथा गरिबी निवारण

जनकराज चौधरी सङ्घीय मामिला तथा स्थानीय विकास

सुमित्रा थरुनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

यसोदाकुमारी लामा भूमिसुधार तथा व्यवस्था