काठमाडौं— नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी भएका छन् । उनी निकटतम प्रतिद्धन्द्धी तीर्थ कोइरालालाई हराउँदै अध्यक्षमा प्यानलसहित विजयी भएका हुन् ।
प्रेस सेन्टर, प्रेस युनियन र प्रगतिशिल पत्रकार संघको संयुक्त प्यानलबाट चुनाव लडेका आचार्यले ७३२ मत प्राप्त गर्दा प्रेस चौतारीसहितका संयुक्त प्यानलबाट चुनाव लडेका कोइरालाले ६२७ मत प्राप्त गरे ।
नतिजाअनुसार उपाध्यक्ष, महासचिव, सचिव सहितका पदमा आचार्य प्यानल विजयी भएको छ ।
उपाध्यक्षमा विपुल पोखरेल ७९६ मतका साथ विजयी भएका छन् भने महासचिवमा रमेश विष्ट ७५१ मतका साथ विजयी बनेका छन् ।
सोमबार भएको मतदानमा एक हजार ५०८ मतदातामध्ये कूल एक हजार ४४९ मत खसेको थियो | मतग
नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी (मतपरिणामसहित)








