५ दिन म्याद थप्न प्रश्नावलीको माग

संविधानका विवादित विषयलाई समेटेर प्रश्नावली बनाउन गठित समितिले समय नपुगेको भन्दै पाँच दिन म्याद थप गर्न माग गरेको छ । समितिको बुधबार बसेको बैठकले प्रश्नावली निर्माणका लागि समय अपुग भएकाले समय बढाउन माग गर्ने निर्णय गरेको हो । संविधानसभाको विहीबार बस्ने बैठकले समितिलाई कति दिन समय दिने भन्ने निर्णय गर्नेछ ।
यस्तै, समितिले मंगलबार (हिजो)को बैठकमा प्रस्तुत संविधानको प्रस्तावना, मौलिक अधिकार र संवैधानिक निकाय सम्बन्धमा तयार पारिएको प्रश्नावलीलाई अनुमोदन पनि गरेको छ । दलहरुबीच सहमति हुन नसकेपछि यही माघ ११ गतेको संविधानसभा बैठकले प्रश्नावली समिति गठन गरेको थियो । समितिमा एमाओवादी, मधेसी र राप्रपा नेपाललगायतका विपक्षी दलहरु भने सहभागी भएका छैनन् ।