नाइजेरियाली छिमेकी मुलुक चाडमा बोको हराम लडाकूका विरुद्धमा गरिएको कारबाहीका क्रममा कम्तीमा पनि २०० लडाकू मारिएको खबर छ । चाडका सैनिक अधिकारीले दिएको जानकारीअनुसार सो कारबाहीमा परी त्यहाँका नौ जना सैनिक पनि मारिएका छन् ।
चाडको सैनिकले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा सो भीषण कारबाहीका क्रममा नौ जना सैनिक मारिएका छन् भने अरु २१ जना घाइते भएका छन् । उक्त विज्ञप्तिमा मारिने लडाकूको सङ्ख्या थप बढ्नसक्ने पनि बताइएको छ । सो क्षेत्रमा भएको झडपपछि नाइजेरियाको गाम्बोरु नगरमा पुनः झडप सुरु भएको बताइएको छ ।
बोको हरामका २०० लडाकू कारबाहीमा मारिए






