लन्डन– नेप्लिज वुमन हेल्पिङ हेन्ड्स यूकेले तीज विशेष कार्यक्रम गर्ने भएको छ ।
नेप्लिज वुमन हेल्पिङ हेन्ड्स यूकेले विगत जस्तै यस वर्ष पनि तीज का विविध कार्यक्रमको आयोजना गरेको छ। आगामी २४ अगस्त दिन लन्डनको अल्पर्टन स्थित सनातन हिन्दू मन्दिरको इभेन्ट हलमा बिशेष तीजको पूजा र तीज सम्बन्धि नाचगान गर्ने भएको हो
नेपाली हिन्दु महिलाहरुको अत्यन्त महत्त्वपूर्ण चाडलाई बेलायतको लन्डनमा आयोजना गरि आफ्नो धर्म र सस्कृतीको संरक्षण गर्दै भाबी सन्ततिलाई समेत प्रोत्साहन गर्ने उदेश्यले उक्त कार्यकम आयोजना गरिएको हो। नेप्लिज वुमन हेल्पिङ ह्याण्ड्सले लन्डनमा बसोबास गर्ने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई तीजको अग्रिम शुभकामना व्यक्त गर्दैै उक्त कार्यक्रममा सहभागी भइदिनु हुन अनुरोध गर्दछौ। सबको सहयोग , सहभागिता र हौसलाले नै हामी अल्पसंख्यकको रुपमा रहेका नेपालीहरुको धर्म र सस्कृतिको संरक्षण र सम्बधन गर्न सकिन्छ।
कार्यक्रमलाई सहयोग गरि सफल पारिदिनको लागि आयोजक महिलाहरुले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक अपिल समेत गरेका छन् ।
सम्पर्क को लागि तारा पौडेल अध्यक्ष नेप्लिज वुमन हेल्पिङ ह्याण्ड्स







