अर्घाखाँची समाज यूकेको अध्यक्षमा बालकृष्ण भूसाल निर्वाचित [भिडियोसहित]

लन्डन- अर्घाखाँची समाज यूकेको अध्यक्षमा बालकृष्ण भूसाल निर्वाचित भएका छन् ।

शनिबार लन्डन साउथहयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा भएको पहिलो भेलाले बालकृष्ण भुषालको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो ।

भेलाले उपाध्यक्षमा रामबहादुर आले र बीपी खनाल, सचिवमा तुंग भुषाल, सहसचिवमा ज्ञानेन्द्र राना, कोषाध्यक्षमा कमल पन्थी र सह-कोषाध्यक्षमा विमला आचार्य चयन गरेको छ ।

त्यसैगरि सदस्यहरुमा गीता शाही, केशव राना, सुशीला राना, अमिता बेल्बासे, तनबहादुर घर्ती, जितेन्द्र सुनार, अर्जुन भट्टराई र तारा राना चयन भएका छन् ।

भेलाले सल्लाहकार समेत मनोनित गरेको छ जसमा जीव बेल्बासे, याम राना, बुद्धि थापा, क्या. वीरबहादुर थापा, पदम आचार्य र डा. दामोदर खनाल छन् ।

अर्घाखांचीबाट बेलायत आइ विभिन्न क्षेत्रमा आवद्ध करिब ५ सय परिवार रहेको व्यवसायी एवं भेला आयोजकमध्ये एकजना बीपी खनालले जनाए ।खनालसहित बालकृष्ण भुषाल, जीव बेल्वासे र तुंग भुषालको संयोजनमा भेला आयोजना गरिएको हो ।

गोविन्द बेल्बासेलाई विधान कमिटीको जिम्मा दिइएको छ ।