लन्डन– गैर आवासीय नेपाली संघ बेलायतको सातौं कार्यसमिति निर्वाचन सम्बन्धि कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन समितिले बिहीबार साँझ हिमालय क्लबमा कार्यक्रममार्फत निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
निर्वाचन समितिमा संयोजक डा। चन्द्र लक्सम्बा, सदस्य सचिव रामशरण सिम्खडा, सदस्यहरु पूर्ण लक्सम, कृष्ण गुरुङ्ग, विजन भट्ट, दुत पुन र सुमाया राईले निर्वाचन तालिका सार्वजनिक गरेका हुन् ।
…………..
गैर आवासीय नेपाली संघ यूके (NRNA UK) को सातौं कार्यसमिति निर्वाचन सम्बन्धी
जरुरी सूचना!
गैरआवासीय नेपाली संघ (NRNA UK) को सातौं राष्ट्रिय अधिबेशन आगामि सेप्टेम्बर ९, २०१७ का दिन सम्पन्न हुंदैछ । सो अधिबेशनले आगामी २०१७-१९ को लागी नयां कार्यकारिणी समेत निर्वाचित गर्ने हुंदा संस्थाको बिधान अनुसार सदस्यता प्राप्त गरि योग्य र ईच्छुक महानुभावहरु तथा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ । गैर आवासीय नेपाली संघ यूकेबाट अन्तराष्ट्रिय समन्वय समितिमा प्रतिनिधित्व गर्ने सदस्य (ICC Member) समेतको निर्वाचन गरिने जानकारी गराईन्छ । उम्मेदवारी मनोनयन फारम तथा निर्वाचन सम्बन्धी अन्य सम्पूर्ण जानकारी संस्थाको वेभसाईट www.uk.nrna.orgबाट उपलब्ध हुनेछ !
- निर्वाचन तालीका र कार्यक्रम:
- प्रथम मतदाता नामावली प्रकाशन– १९ अगष्ट२०१७सांझ ५ बजे
- मतदाता नामावली उपर दाबी बिरोध -२० अगष्ट अपरान्ह ३ बजे सम्म
- अन्तिम मतदाता नामावली प्रकाशन– २० अगष्ट सांझ ८ बजे
- उम्मेदवारी मनोनयन पत्र दर्ता: २६ अगष्ट बिहान १० देखी अपरान्ह ३ बजे सम्म
- उम्मेदवारको नामावली प्रकाशन: २६ अगष्ट अपरान्ह ७ बजे
- उम्मेदवारको नामावली उपर दाबी बिरोध: २८ अगष्ट बिहान ११ बजे सम्म
- उम्मेदवारी मनोनयन फिर्ता:२८ अगष्ट अपरान्ह १ बजे सम्म
- अन्तिम उम्मेदवारी नामावली प्रकाशन : २८ अगष्ट अपरान्ह २बजे
- हुलाक मार्फत मतपत्र प्रेषण (वेल्स, स्कटल्याण्ड र आएरल्याण्ड): ३० अगष्ट
- हुलाक मार्फत मतदान गर्ने समय तालिका: ८ सेप्टेम्बर २०१७ अपरान्ह ५ बजे सम्म (आईपुग्नु पर्ने)
- मतदान: ९ सेप्टेम्बर बिहान ८ देखी अपरान्ह ३ बजे सम्म (ईग्ल्याण्ड का बिभिन्न मतदान केन्द्रहरुमा)
- घोषणा तथा हस्तान्तरण सभा– मत गणना पश्चात
- मनोनयन
- उम्मेदवार बन्न चाहने ब्यक्तिले एक जना प्रस्ताबक र एक जना समर्थकको हस्ताक्षर सहित उम्मेदवारी मनोनयन फारम भर्नु पर्ने छ । फारमको साथमा उम्मेदवारको Photo ID (पासपोर्ट वा यूके ड्राईभिङ्ग लाईसेन्स) को प्रतिलिपी र उम्मेदवार शुल्क पेश गर्नु पर्ने छ । मनोनयन दर्ता गर्न उम्मेदवार स्वयं वा मंजुरीनामाबाट समेत गर्न सकिने छ । तर यसको प्रमाणिकरण निर्वाचन समितिले गर्नेछ । निर्वाचन सिमितको सम्पर्क कार्यालय EmpireHigh StreetAldershotHampshireGU11 1DJ को माथिल्लो तल्ला मा रहने छ ।
- कुनै उम्मेदवार वा उम्मेदवारको प्रस्ताबक र समर्थक अर्को उम्मेदवारको प्रस्ताबक वा समर्थक रहन पाउने छैन । प्रस्ताबक र समर्थक मतदाता मध्येबाट हुनु पर्ने छ ।
- उम्मेदवारी शुल्क नगद बुझाउनु पर्ने छ।
- उम्मेदवारी शुल्क उम्मेदवारी रद्द वा फिर्ता भएमा पनि फिर्ता गरिने छैन !
- कार्यसमिति पदाधिकारीमा उम्मेदवार दिने ब्यक्ती कुनै दलिय भातृसंगठनको कार्यसमितिमा रहेको पाईएमा स्वत उम्मेदवारी रद्द हुनेछ ।
- निर्वाचन हुने पद र उम्मेदवारी शुल्क (कार्यसमितिले निर्धारण गरेको):
पद संख्या शुल्क
अध्यक्ष १ ११५० पाउण्ड
महिला उपाध्यक्ष १ ८५० पाउण्ड
उपाध्यक्ष ५ ८५० पाउण्ड
महासचिब १ ८५० पाउण्ड
उपमहासचिब १ ७००पाउण्ड
सचिब ३ ६५० पाउण्ड
कोषाध्यक्ष १ ६५० पाउण्ड
सह-कोषाध्यक्ष १ ६५० पाउण्ड
युवा र महिला संयोजक १/१ ६५० पाउण्ड
सदस्य ९ ३५० पाउण्ड
अन्तराष्ट्रिय परिषद प्रतिनिधी १ (कम्तीमा) ११५० पाउण्ड साथै
($५००सचिबालय संचालनार्थ)
(१००० पंजिकृत सदस्य (Registered Member) बराबर एक जना प्रतिनिधी छानिने भएकोले सदस्यता संख्या निर्क्यौल भएपछी ICC Member को संख्याबारे जानकारी गराईने छ)
- आचारसंहिता तथा अन्य नियमावली:
१) निर्वाचन गर्नको लागी NRNA UK कार्य समितिले डा चन्द्र लक्सम्बाको नेतृत्वमा सात सदस्यीय एक निर्वाचन समिति गठन गरेको छ । सदस्यता बितरण/नबिकरण तथा बुद्दतिय अध्याबधिक लगायत सम्पूर्ण काम को लागी कार्य समिति अन्तर्गत उपाध्यक्ष राष्ट्र राई को संयोजकत्वमा एक समिति जिम्मेवार रहनेछ । सदस्यता सम्बन्धी कुनै बिबाद आएमा सम्पूर्ण रुपमा सो समिति जवाफदेही हुनेछ!
२) निर्वाचन सम्बन्धी कार्यतालिका बनाउने, मतदान अधिकृत तथा कर्मचारी तोक्ने, मतदान केन्द्र निर्धारण गर्ने, निर्वाचनको ब्यबस्थापन गर्ने तथा अन्तराष्ट्रिय परिषदले जारी गरेको राष्ट्रिय अधिबेशमन नियमावलीको आधारमा निर्वाचन नियमावली बनाउने; परिमार्जन गर्ने तथा निर्वाचन सम्बन्धी कार्यतालिका फेरबदल गर्ने सम्पूर्ण अधिकार निर्वाचन समितिलाई रहनेछ ।
३) निर्वाचन सम्बन्धी जुनसुकैः बिषयमा देखिएको बिबाद तथा अस्पष्टताको बारेमा निर्वाचन समितिले निर्णय गरी संयोजकले दिएको निर्णयनै अन्तिम हुनेछ ।
४) निर्वाचनको सुपरिबेक्षण गर्नको लागी NRNA ICC ले एक अधिबेशन प्रतिनिधी मनोनयन गर्नेछ भने स्थानीय स्तरमा सुपरिबेक्षणको लागी निर्वाचन समितिले एक सुपिरबेक्षण समिति चयन गर्नेछ ।
५) कुनै समूह वा प्यानलको आधारमा चुनाब लड्न वा समूहगतरुपमा मतको आह्वान गर्न वा प्रचार प्रसार गर्न पाईने छैन !
६) उम्मेदवार अनिबार्यरुपमा निर्वाचन समितिको नियमित सम्पर्कमा रहनु पर्नेछ ।
७) निर्वाचन समितिले तोकेको आचारसंहिता र नियमावलीको उलंघन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्न सकिने छ ।
८) मतदाता नामावलीमा दाबी बिरोधको लागी सदस्यता प्रमाणिकरण समितिका राष्ट्र राईkucholee@hotmail.comतथा अध्यक्ष मुछेत्र गुरुङ्ग(mlgrg@aol.com) लाई र निर्वाचन सम्बन्धी अन्य सम्पूर्ण बिषयको लागी (उम्मेदवार नामावलीमा दाबा बिरोध वा निर्वाचन सम्बन्धी उजुरी आदीका लागी uk.nrna.election@gmail.com मा ईमेल पठाउनु पर्ने छ । मौखिक (फोन) वा अन्य माध्यमबाट उजुरी लिईने छैन !
- सम्पर्क तथा जानकारी:
- डा चन्द्र लक्सम्बा, निर्वाचन समिति संयोजकclaksamba@aol.com
- रामशरण सिमखडा, निर्वाचन समिति सदस्य सचिब simkhada@gmail.com
- बिजन भट्ट, निर्वाचन समिति सदस्य bijanbhatta@hotmail.com
- दुत पुन, निर्वाचन, समिति सदस्यdutpun@gmail.com
- पूर्ण लोक्सम, निर्वाचन समिति सदस्य loksom@gmail.com
- सुमाया राई, निर्वाचन समिति सदस्य anamnagar62@gmail.com
- कृष्ण गुरुङ्ग, निर्वाचन समिति सदस्य krishna@krishnagurung.com






