माइभ्याली गोल्डकपको सेमिफाइनल समीकरण पूरा

इलाममा जारी अन्तर्राष्ट्रिय टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वार्टरफाइनलमा मंगलबार रुपन्देही–११ विजयी भएसँगै अन्तिम चारको समीकरण पूरा भएको हो । रुपन्देहीले बीसिएफसी भुटानलाई २–० ले पराजित गर्‍यो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा प्रिन्स व्यञ्जनकार र द्रोण थापाले गोल गरेपछि रुपन्देही २–० ले विजयी भएको हो । अब सेमिफाइनलमा रुपन्देहीले थ्रीस्टार क्लबसँग खेल्नेछ । त्यसैगरी, अर्को सेमिफाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन् ।