माइग्रेनको दुखाई या टाउकोको एउटा भागमा असहनीय पीडा सहन बाध्य भएकाहरुका लागि खुसीको खबर छ । एक अध्ययनका अनुसार माइग्रेनको समस्यासँग जुझिरहेकाहरु र लगातार दैनिक औषधि सेवन गरिरहेकाहरुले यसबाट मुक्ति पाउने छन् ।
तर, उपचार भने अलि अनौठो छ । अध्ययनका अनुसार माइग्रेनका क्रममा शारीरिक सम्बन्ध अर्थात सेक्स गर्दा दुखाईबाट छुटकारा पाउन सकिन्छ ।
जर्मनीका शोधकर्ताहरुको तर्फबाट आलै सार्वजनिक गरिएको एक रिपोर्टअनुसार माइग्रेनबाट ग्रस्त ६० प्रतिशत विरामी र आमरुपमा असहनीय पीडा सहन बाध्य भएकाहरुले दुखाईका क्रममा शारीरिक सम्बन्ध कायम गर्दा दुखाईको असर कम गर्ने र कतिपय अवस्थामा दुखई अन्त्यमा सहयोगी सिद्ध भएको बताए ।
यस शोधमा माइग्रेनको समस्या भएका ८ सयका साथै अन्य दुई सय जनालाई सहभागी गराइएको थियो । जसलाई आमरुपमा टाउको दुखाईसम्बन्धी समस्या थियो । शोधमा टाउको दुखाईका क्रममा सेक्स गरेपछि हरेक पाँचमध्ये एक जनाको दुखाई पूर्णरुपमा अन्तय भएको पाइयो । शोधकर्ता भन्छन्–सामान्तः टाउको दुखाईका क्रममा मानिस सेक्सबाट टाढा रहन्छन्, जबकि यसबाट दुखाई कम गराउन सहयोगी सिद्ध हुनेछ।
जर्मनीको मुन्स्टर युनिभर्सिटीमा भएको यो शोधमा सहभागी एक शोधार्थीले भने–हामीले पायौ कि सेक्स टाउको दुखाईलाई आंशिक या पुरै अन्त्य गर्न महत्वपूर्ण छ । यस्तो अवस्थामा यदि औषधिको सट्टा माइग्रेनको दुखाई या तिब्र टाउको दुखाईका क्रममा सेक्स गर्ने हो भने यो शरीरका लाग पनि उत्तम हुनेछ । एजेन्सी
नियमित टाउको दुख्छ ? खानै नपर्ने अचम्मको औषधि






