तीनसय १२ आप्रवासीको उद्धार

इटाली, ३१ साउन । भूमध्यसागरियमा अवस्थित लिबियालीको तटीय इलाकामा माछा मार्ने प्रयोजनमा प्रयोग हुने एक डुङ्गामा यात्रा गरिरहेका ३१२ आप्रवासीलाई उद्धार गरिएको समाचार छ । सो डुङ्गा शनिबार दुर्घटनाग्रस्त भएको थियो ।
उद्धार गरिएका ती व्यक्तिहरुमा तीन जना नाबालक र ४५ जना महिलासमेत रहेका जनाइएको छ । सो जहाजमा शनिबार यात्रा गरिरेका करिब चारसय आप्रवासीहरुमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाइएको छ । ती व्यक्तिहरु सामुद्रिक इलाकामा मृत अवस्थामा फेलापरेको आन्सा समाचार समितिले इटालीका साुमद्रिक सेनालाई उद्धृत गर्दै बताएको थियो ।