यस्ता छन् पलेँटी कसेर खानुका फाइदाहरु

paletiनेपाली समाजमा कतिपय त्यस्ता प्रचलन छन्, जो रूढजस्ता लाग्छन् । तर, तिनको वैज्ञानिक महत्त्व पनि उत्तिकै हुन्छ । तर, आधुनिक जीवनशैलीप्रतिको मोहका कारण त्यस्ता कतिपय वैज्ञानिक तौरतरिका छोडिँदै छ । त्यस्तैमध्ये एउटा हो, पलेँटी कसेर खाना खाने प्रचलन ।
सहरीकरणको विकास र विदेशी संस्कृतिको प्रभावका कारण अहिले पलेँटी कसेर खाने प्रचलन घट्दै गएको छ । डाइनिङ टेबलमा बसेर खाना खानु सानको विषय बन्न थालेको छ । सहरी क्षेत्रमा यसको प्रभाव धेरै छ । तर, स्वास्थ्यविज्ञहरूका अनुसार टेबलमा बसेर खानुभन्दा पलेँटी कसेर खानु धेरै नै फाइदाजनक छ ।
उनीहरूका अनुसार जमिनमा पलेँटी कसेर खाना खानुका फाइदा कसेर बस्दा हामीले योगासनको प्रयोग गरिरहेका हुन्छौं । जुन आसनलाई योगविज्ञानमा सुखासन भनिन्छ । सुखासन पद्मासनको एउटा रूप हो । सुखासनमा बस्दा, पद्मासनमा बस्दा हुने फाइदा प्राप्त हुने योगगुरुहरू बताउँछन् । पलेँटी कसेर खाना खाँदा हुने फाइदा यी हुन् :
-यसरी खाँदा हाम्रो शरीर अघि र पछि गरिरहन्छ ।
-त्यसैले पेटको व्यायाम हुन्छ । त्यसले पाचनशक्ति पनि बढाउँछ ।
-सुखासनमा बस्दा मनमा एकाग्रता पैदा हुन्छ । यसले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।
-सुखासनमा बस्दा शरीरभरि समान रूपले रक्तसञ्चार गर्न मद्दत गर्छ । यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।
-यो आसनमा बस्दा मानसिक तनावबाट मुक्त हुन सघाउ पुग्छ । जसले मनमा सकारात्मक विचार आउँछन् ।
-यो आसनले हाम्रो छाती र खुट्टालाई बलियो बनाउँछ ।
-यसरी बसेर खाँदा मोटोपन, अपच, कब्जियत, एसिडिटी तथा अन्य केही पेटसम्बन्धी रोगलाई कम गर्न मद्दत गर्छ ।