यतिकी अध्यक्ष पिपला देवानद्वारा राजिनामा,कार्यवहाक अध्यक्षमा शशीधर नेपाल [भिडियो सहित]

20446537_1531379780215703_391892153_oलन्डन । यति एसोसिएसन यूकेकी अध्यक्ष पिपला देवानले आफ्नो कार्यव्यस्तता र अस्वस्थ भएको कारण दर्शाउंदै पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । बिहीबार माया पब साउथ हयारोमा बसेको कार्यसमिति तथा सल्लाहकारहरुको बैठकले राजिनामा सहर्ष स्वीकृत गरेको हो ।

बैठकले देवानले राजिनामासंगै कार्यसमितिका केही पदाधिकारी र सल्लाहकारहरुमाथि लगाएका आक्षेपहरु कपोलकल्पित, निराधार र झुठो भन्दै त्यसको खण्डन समेत गरेको छ ।

बैठकले विधान बमोजिम वरिष्ठ उपाध्यक्ष शशीधर नेपाललाई कार्यवहाक अध्यक्ष चुनेको छ ।20446483_1531379800215701_1904629539_o

आगामी सेप्टेम्बर पहिलो वा दोश्रो साता यती कप गर्ने निर्णय गरेको छ । यती कपको संयोजन जिम्मा लव शर्मा लामिछानेलाई दिइएको छ ।

बैठकले बडा दशैं शुभकामना कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । दशैं कार्यक्रमको मिति र स्थान पछि तोक्ने बताइएको छ ।

बैठकले संस्थाको वार्षिक साधारणसभा सेप्टेम्बर ०१७ मा गर्ने निर्णय गरेको छ । बैठकले यती नेपाली एसोसिएसनको बैंक खाता खोल्न कार्यवहाक अध्यक्ष शशीधर नेपाल, महासचिव बाचस्पति रेग्मी र कोषाध्यक्ष जीवन सेनलाई अधिकार प्रत्यायोजन गरेको छ ।

बैठकमा कोषाध्यक्ष जीवन सेनले प्रस्तुत गरेको आर्थिक विवरण बैठकले अनुमोदन गरियो ।

शशीधर नेपालले अध्यक्षता गरेको उक्त बैठकमा उपाध्यक्ष ठाकुर शर्मा, महासचिव बाचस्पति रेग्मी, कोषाध्यक्ष जीवन सेन, मिडिया संयोजक एभरेष्ट गौतम, सल्लाहकारहरु उमेशराज मोक्तान, 
सोलिसिटर राजु थापा, आरती श्रेष्ठ, ध्रुव केसी, हरि केसी, विजय थापा, ज्ञाम गुरुङ, सुवसिं गुरुङ, डा. मिन रानाभाट, लव शर्मा, मनोज अन्जान, सुरेन्द्र श्रेष्ठ, सबि लामा, मिन दर्लामी, शान्ति थापा कुंवर, शंकर दाहाल, अनिल लामिछाने र विष्णु वाग्ले सहभागी थिए ।

कार्यवहाक अध्यक्षको जिम्मेवारी ग्रहणसंगै नेपालले ऐतिहासिक गौरव बोकेको यती संस्थाको साख बढ्ने गरि आगामी दिनमा काम 
गर्ने वाचा गरे । उनले आफूलाई महत्वपूर्ण जिम्मेवारी सुम्पेकामा सबैप्रति आभार समेत व्यक्त गरेका छन् । भिडियो मा हेर्नुस