झारा टराई मात्र खाल्डा पुर्ने काम ?

काठमाडौं- उपत्यकास्थित सडकका खाल्डा माटोले मात्र पुरेर झारा टार्ने काम भएको छ ।

प्रधानमन्त्री कार्यालयले बिहीबार गरेको अनुगमनमा अधिकाशं ठाउँका आल्डा पुर्न माटोमात्रै प्रयोग गरेको भेटिएको हो ।

सडकका खाल्डा पुर्न झारा टार्ने काममात्रै गरेको पाईएको प्रधानमन्त्री कार्यालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयले ती खाल्डा गिटी हालेर पुर्न निर्देशन दिएको छ ।