साउथ लन्डनको तिजम़ा याम क्षेत्रीले गाउने नचाउने

लन्डन- साउथ इस्ट लन्डनमा आगामी अगस्ट ५ तारिख शनिबार दिउसो ३ बजे भब्य तीज मनाउने तयारी गरिदै छ। कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन रास्ट्रिय कलाकार चर्चित गायक याम क्षेत्रीले तीजका कोसेली सहित आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् ।18194735_764278523730762_2775733894870385916_n

कार्यक्रम संयोजक श्रद्धा थापाले लन्डन नेपाल न्यूज डट कमका सम्पादक शिब भण्डारी सँगको टेलिफोन कुराकानीमा आफन्तजन साथीभाई सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दै साउथ इस्ट स्थित रडिकल कलब को सभाहल19190745_10209440664242381_825341591_nमा हुन लागेको सो तिज बिशेस कार्यक्रमम़ा चर्चित गायक याम तथा चर्चित साउण्ड सिस्टम हेम बिस्टको साथमा भब्य हुने बताएकी छन् ।

यसै बीच कार्यक्रम संयोजन गरिरहेकी माया केसी भन्छिन दाजु भाईले दर पकाउने र दिदी बहिनी लाई दर खुवाउने यस पबित्र दिन मा सम्पूर्ण दाजु भाईलाई पनि चुलै निम्तो छ। कार्यक्रमलाई सहयोग गरि सफल पारिदिनको लागि आयोजक महिलाहरुले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक अपिल समेत गरेका छन् ।IMG_8382

कार्यक्रम सफल बनाउन क्षेत्री समाजका दाजु भाइ दिदीबहिनी हरुको सहयोग म़ा श्रद्धा थापा 07823448863 माया केसी 07481545456 संयोजन गरिरहेका छन् ।

स्थान : RADICAl CLUB- 83-88 WALMER TERRACE PLUMSTEAD LONDON SE 18 7DZ