पिटरबोरो
एनआरएल यूकेको आगामी अधिवेशनमा मिडल्याण्ड लेस्टरमा बस्ने श्रीजनशील लेस्टर समाजका पूर्व अध्यक्ष, बिहुकोट हेल्प नेपाल यूकेका संस्थापक अध्यक्ष ,साझा नेपाली समाज यूकेका संस्थापक सदस्य समाजसेवी एंव व्यवसायी श्री दयानिधि सापकोटाको हिजो लेस्टरको एभरेष्ट डाइन रेस्टुरेन्टमा पत्रकार सम्मेलन मार्फत उपाध्यक्ष पदको उम्मेदवारीको घोपणा गरीएको छ।
मिडल्याण्ड,क्यम्ब्रिजशेयर एंव लिंकनशेयर बस्ने नेपालीहरूका समाजिक संस्थाहरूको पहल र साझा नेपाली समाज यूकेको संयोजनमा गरिएको उक्त पत्रकार सम्मेलनमा सबैको सहमतिमा नटिंघम नेपाली समाजका पूर्व अध्यक्ष एवं गुल्मी जिल्ला समाजका कोषाध्यक्ष तारा भण्डारीलाई सचिव र पिटरबोरो नेपाली समाजका पवन शर्मा एंव शान्ती नेपाली समाज बर्घिंमका अध्यक्ष कृष्ण ढकाललाई कार्यसमिति सदस्यमा अगाडि सारिएको छ।
पत्रकार सम्मेलनको सभापति गर्नु भएका साझा नेपाली समाजका अध्यक्ष रण बहादुर केसीले सबैको सहयोगमा उम्मेदवार तय गरेको बताउदै एनअरएन यूकेलाई लण्डनमा मात्र सिमित नराखी पूरै यूके भरी बस्ने नेपाली हरूको साझा संस्था बनाउने यो एउटा महत्वपू्र्ण थालनी भएको र यसमा सबैको सहयोग रहने विश्वास व्यक्त गर्नु भयो ।साथै उहाँले सबैलाई एनआरएन यूकेको सदस्यता समयमै लिई सहयोग गर्न पनि अपिल गर्नु भयो।
उपाध्यक्ष पदका प्रत्यासी सापकोटाले आफ्नो र आफ्ना साथीहरू तर्फबाट ९ बुदे प्रतिबध्दा प्रस्तुत गर्दै एनआरएन यूकेलाई बेलायत बस्ने सबै नेपालीहरूको साझा संस्था वनाउन पहल गर्ने बताउदै यस पटक नेपालमा बन्न लागेको एनआरएन भवनको सहयोग लागि महंगो भएपनि सदस्यता बन्नी सहयोग गर्न र यसको पहल कदमी गर्न बक्लोरूपमा उपस्थित सबै संस्थाका प्रतिनिधिहरूलाई अनुरोध गर्नु भयो ।
उम्मेदवारका प्रत्यासीहरूलाई एनआरएनका सल्लाहाकार कमल भणडारी, सचिव फडिन्द्र भट्टराई,युवा संयोजक हरी आचार्य,साझा नेपाली समाजका संस्थापक अध्यक्ष शंकर भण्डारी, गल्कोट समाजका उपाध्यक्ष राजु कणेल, शान्ती नेपाली समाजका सचिव प्रकाश तिवारी,हाम्रो नेपाली समाजका अध्यक्ष कृष्ण शर्मा, श्रीजनशील लेस्टरका अध्यक्ष प्रेम आले र उपाध्यक्ष कला पोखरेल, नेपाली समाज नटिंघमका अध्यक्ष प्रविन पाण्डे र पिटरबोरो नेपाली समाजका महासचिब नृपेश उप्रेतीले शुभकामना दिनु भएको थियो।
पत्रकारहरू पत्रकार महासंघ यूकेका उपाध्यक्ष ध्रुव अर्याल, संस्थापक अध्यक्ष नबिन पोखरेल, सल्लाहाकार केशब भण्डारी,पार्षद फडिन्द्र भट्टराई,सदस्य नृपेश उप्रेति लगायतले राख्नु भएका प्रश्नहरूको जवाफ दयानिधि सापकोटा, रण केसी,कमल भणडारीले दिनु भएको थियो।
साझा नेपाली समाजका महासचिब हरि कृष्ण कार्कीले संचालन गर्नु भएको उक्त कार्यक्रममा उपस्थित सबैलाई समाजका उपाध्यक्ष महेश अधिकारीले स्वागत मन्तव्य दिनु भएको थियो।
प्रतिबद्दता तथा घोषणा पत्र१) NRNUK भन्नाले संम्पुर्ण वेलायतमा बस्ने सम्पूर्ण गैह्रआवाशीय नेपालि संघलाइ बुझुन्छ तरपनि मिडल्याण्ड, Cambridgeshire, Lincolnshire मा बस्ने सम्पूर्ण साथीहरुको अर्थात गैह्रआवाशीय नेपालीहरुको हकहित, पारास्परिक सद्भावलाइ बलियो बनाउने केन्द्रमा यसको व्यवस्थापन कसरि गर्न सकिन्छा भन्ने बिषयमा अध्ययन गरि कामकारवाही शुरु गर्ने।२) यस क्षेत्रमा रहेको सम्पूर्ण नेपालि सामाजिक संघसस्थाहरुसंग, सल्लाह सुझाव लिई NRNUKको क्षेत्रीय संगठन निर्माण गर्ने जसको कारण गैह्र आवासीय नेपालिले कुनै पनि दुख भोग्न नपरोस।३) एक पटकको नेपालि सधैको लागि नेपालि भन्ने हाम्रो नारालाई कायम गर्ने, यसको अर्थ नेपाल को संबिधान कार्यान्वयनको सिलसिलामा नेपाल सरकारलाई दवाब दिने दवावमुलक कार्यक्रम बनाउने।४) NRNUK को बटमलाइन अर्थात आधारशिला बनाउने र गैह्रआवासीय नेपालिलाइ आफ्नो देश जादा भिसा प्रणाली सहज बनाउने अर्थात भिसा शुल्क सकेसम्म समन्वय गरि कम बनाउने।५) नेपालको बिकासको लागि नेपालि गैह्र आवासीय संघले धेरै काम गरेको छ तर अझ प्रभावकारी रुपमा छिटो छरितो, व्यवहारिक र वास्तविकता के हो? आवाश्यकता के हो? भनि बैज्ञानिक रुपमा पहिचान गरि यहाको दक्ष जनशक्तिलाइ नेपाल जान प्रोत्साहन गर्ने र नेपालमा भएको यसको श्रोत र साधनलाई उपयोग गरि देश बिकास गर्न पहल गर्ने। पर्यटन व्यावसायको बिकासमा पनि अझ बढी प्रभावकारी ढंगबाट अधि बढने बिषयमा पहल गर्ने. को अर्थ भनेको NRNUK को राष्ट्रिय समन्वय परिषदले अन्तराष्ट्रिय समन्वय परिषद संघ परामर्श गरि नेपाल सरकार संग अर्थात सरोकार वाला संग दवाव दिने। बैठक गर्ने, पारस्पारिक सुचनाको आदान प्रदान गर्ने भन्ने बुझिन्छ।६) वेलायतको हरेक ठाउँमा बस्ने नेपालीको हक हितमा चनाखो भै काम गर्ने. गैह्र आवासीय नेपालिका कला संस्कृतिको उचित संरक्षण, सम्बर्धन र बिकासका लागि पहल गर्ने।७) नेपालबाट युके आएर उच्चशिक्षा हासिल गर्ने दक्ष व्यक्तिहरुको तथ्यांक राख्ने अभियान शुरु गर्ने र जतिपनि बिषयमा उच्च शिक्षा हासिल गर्न सफल बिद्यार्थीको लागि सम्मान कार्यक्रम राख्ने, यसको अर्थ रहने छ। अन्तराष्ट्रिय स्तरमा हुने खेलकुद, कलाकारिता आदि क्षेत्रमा स्थापित व्यक्तिहरुको पहिचान गरि सम्मान गर्ने जस्ता कार्यक्रममा बिशेष पहल गर्ने. जसले गर्दा नेपालको गौरव बढ्नेछ।८) NRNUK को स्थापनाकाल देखि अहिले सम्मका गतिविधिहरु नियालेर हेर्दा युकेमा रहेका नेपालीहरुको तथ्यांक संकलन र सदस्यताको विवरण उचित रुपमा राख्ने व्यवस्था नभएकोले अहिले युकेमा कति नेपालि छन् भन्ने करा पनि अवगत नभएकोले यसको तथ्यांक तयार गर्ने।९) भूपू गोर्खाको बारेमा उहाँहरुका मागलाई जायज रुपमा समर्थन गर्ने।NRNUK को आगामी अधिवेशनका लागिउपाध्यक्ष उम्मेदवारदयानीधि सापकोटासचिव उम्मेदवारतारानाथ भण्डारीसदस्य उम्मेदवारपवन शर्मासदस्य उम्मेदवारकृष्ण ढकाल
[भिडियो सहित]







