लण्डन । यति नेपाली एसोसिएसनले यही आउँदो जुन ३० तारिख आइतबार बिहान ११ बजेदेखि ४ बजेसम्म साउथ ह्यारो स्थित स्पोर्ट्स एन्ड सोसियल क्लबमा निशुल्क बृहत स्वास्थ्य शिविर गर्ने जनाएको छ।
शिविरमा रक्तचाप निगरानी, मधुमेह परीक्षण (रक्त), फिजिकल हेल्थ चेक अप, स्वास्थ्य जागरूकता सत्र, दिर्घ रोग सम्बधि सल्लाह सुझाव र मार्गदर्शन, नेपाली बृद्धबृद्धाहरुलाई बेलायतको सोसल केयर सम्बन्धि व्यवस्था अनि हाम्रो अधिकार लगायतबारे काउन्सिलिङ्ग , अनि चिया र नास्ता लगायतका कार्यक्रम रहेको महासचिव टंक भट्टराईले बताए।
बर्तमान कार्यसमितिकी सामाजिक सचिव तथा एती निशुल्क स्वास्थ्य शिविर-२०२४ कि संयोजक, सिनियर स्पेसलिष्ट नर्स सुष्मा पौडेल भट्टराईका अनुसार उक्त शिविरमा करिब ५ जना डाक्टर तथा उतिनै संख्यामा स्पेसलिस्ट नर्सहरु साथै सस्थाका १५ भन्दा बढी स्वयंसेवक हरु तयारी तथा व्यवस्थापनमा खटिने छन्। शिविरको सम्पूर्ण तयारि पुरा भएको जानकारी संयोजक पौडेलले दिनु भयो।
६४ वर्षअघि स्थापना भएको यति नेपाली एसोसिएसनले हाम्रा नेपाली समुदायको सेवामा समर्पित यती स्वास्थ्य शिविर २०२४ आयोजना गर्न लागेको घोषणा गर्न पाउँदा खुशी लागेको संस्थाकी अध्यक्ष पिपला देवानले बताउनु भयो । यति सस्थाले नेपाली डायसपोरामा यो कार्यलाई आफ्नो जिम्मेवारी महसूस गरेर हामीले अत्यावश्यक स्वास्थ्य सेवा र सहयोग प्रदान गर्न यो नि:शुल्क स्वास्थ्य शिविरको डिजाइन गरेका छौं भन्दै अध्यक्ष देवानले ह्यारो, वेम्ब्ली, हेज, हंस्लो, फेल्थम लगायत अन्य नजिकै बस्ने समस्त नेपाली समुदाय र बिशेष गरि बृद्ध बृद्धाहरुलाई सरिक हुन आव्ह्वान गर्नु भएको छ। भाषा, हिच्किचाहट लगायत अनेकौं कारणले समस्या भए पनि स्वास्थ्यकर्मीको सल्लाह नलिकन बस्नु भएका बृद्ध बृद्धाहरुलाई नेपाली भाषी स्वास्थ्यकर्मीहरुबाट पाउने सल्लाह र सुझावले सक्दो सहयोग मिल्न सक्ने अध्यक्ष देवान ले बताउनु भयो।
शिविरको आर्थिक व्यवस्थापनको लागि एच टि आर केयर, माया सोपोर्टेद लिविंग, ह्याम्प्सटेड इयर केयर, नेवा छे माया र देउराली ट्रावलको सहयोग रहेको बताइएको छ।






