काठमाडौं– पूर्वराष्ट्रपति डा. रामवरण यादवले विपी कोइरालाको योगदानलाई बेवास्ता गर्दा मुलुक अतिराष्ट्रवादको चपेटामा परेको टिप्पणी गरेका छन् ।
पूर्व राष्ट्रपति यादवले विपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई स्मरण गरे मुलुकका सबै समस्या समाधान हुने दावी पनि गरे ।
उनले काँग्रेसलाई विपी कोइरालाको योगदानलाई कदर गर्न जनताको घरदैलोमा पुग्न पनि सुझाव दिए ।
विपी कोइरालाको ३५ औं समृद्धि दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बौल्दै पूर्व राष्ट्रपति यादवले चरणवद्ध चनाव हुँदा पनि काँग्रेस जनतामा नगएकाले मुलुकको राष्ट्रियता कमजोर बन्न पुगेको धारणा पनि राखे ।
पूर्व राष्ट्रपति यादवले विपी कोइरालाले नेपालका मात्र नभई भारतको स्वतन्त्रता आन्दोलनमा पनि महत्वपूर्ण योगदान दिनु भएको पनि स्मरण गराए ।
विपीको योगदानलाई वेवास्ता गर्दा मुलुक अतिराष्ट्रवादको चपेटामाः पूर्वराष्ट्रपति






