राजपा र फोरमले मध्यरातमा टुंगो लगायो उम्मेदवार: को-को बने ?

काठमाडौं- राष्ट्रिय सभा निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले उम्मेदवारको टुंगो लगाएको छ ।

दुबै पार्टीले दुई दुई जना उम्मेदवारको टुंगो लगाएका हुन् ।

मध्यरातिसम्म जारी दुई दलको छुट्टाछुट्टै बैठकले उम्मेदवारको नाम तय गरेको हो ।

राजपाले बाराबाट रमेश यादव र धनुषाबाट वृषेशचन्द्र लाललाई उम्मेदवार बनाउने निर्णय गरेको राजपाका एक नेताले बताए ।

यसअघि, राजेन्द्र महतो विभा ठाकुर र शरतसिह भण्डारी शेखर सिंहलाई उम्मेदवार बनाउनुपर्ने आडानमा थिए ।

संघीय समाजवादी फोरम नेपालले पनि मध्यराति नै उम्मेदवारको टुंगो लगाएको छ ।

फोरम नेपालले राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा दलितबाट सर्लाहीका रामपृत पासवान र महिलाबाट सुनसरीका प्रमिला यादवको नाम चयन गरेको छ ।