मोरङ– विराटनगरसहित मोरङका १७ वटा स्थानीय तहमध्ये अधिकांशमा नेपाली कांग्रसले अग्रता लिएको छ । शुक्रबार साढे एकवजेसम्मको मतपरिणामअनुसार बिराटनगर महानगरपालिकासहित जिल्लाका ८ तहमा अग्रता लिएको हो ।
त्यस्तै नेकपा एमालेले ७ स्थानीय तह तथा माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले एकएक स्थानमा अग्रता लिएका छन् ।
विराटनगर महानगरमा कांग्रेसका मेयर र उपमेयरका उम्मेदवारले क्रमश: ३०६र२५१ मत ल्याएका छन् । त्यस्तै एमाले र फोरम लोकतान्त्रिकका उम्मेदवारले २२९र १२६ल्याएका छन् ।
उता मोरङकै जहदा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले ५८१ र ४८० ल्याएका छन् भने लोकतान्त्रिक फोरमका उम्मेदवारले ५०५र३८६ ल्याएका छन् । संघीय समाजवादीका उम्मेदवारले भने १४६र२४७ मत ल्याएका छन् ।






