विगत लामो समयदेखि सङ्घर्ष जारी रहेको पूर्वी युक्रेनमा पछिल्लो समयमा सरकारी सैनिक मारिने क्रम रोकिएको छैन । प्राप्त पछिल्लो समाचार अनुसार गएको २४ घन्टामा त्यहाँ कम्तीमा पनि १५ जना सैनिक मारिएका छन् । सो समाचार सरकारी अधिकारीहरुले शनिबार दिएका हुन् ।
युक्रेनको पूर्वी भागमा रसियाली समर्थक विद्रोहीले युक्रेन सरकारका विरुद्ध सङ्घर्ष गर्दै आएका छन् । जसको फलस्वरुप गएको २४ घन्टामा १५ जना युक्रेनी सेना मारिनुको साथै अरु ३० जना घाइते भएका छन् । यसैबीच विद्रोहीहरुले पूर्वी युक्रेनको भोग्लेग्रिस्त नगर आफुहरुले नियन्त्रणमा लिएको जानकारी दिएका छन् । उनीहरुले सो दाबी गरेका रसियाली टेलिभिजनले दिएको छ । रसियाली टेलिभिजनहरुमा ती विद्रोहीहरुले उक्त नगरमा विद्रोह जारी राखेका र भिषण रुपमा भिडन्तहरु जारी रहेका दृश्यहरु दिएका देखाइएको छ ।
पूर्वी युक्रेनमा सङ्घर्ष जारी






