एनआरएनएले सुरु गर्‍यो’ विमानस्थल सफाइ अभियान [फोटो फिचर]

19510248_10209461492675047_5728682576067486236_nलन्डन ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)ले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा एक महिने सफाइ अभियान सुरु गरेको छ । एनआरएनएले हवाई मार्ग हुँदै नेपाल आउने पर्यटकले विमानस्थलको अवस्थाबाट नेपालप्रतिको धारणा बनाउने भन्दै उनीहरुमा सकारात्मक प्रभाव पार्नका लागि विमानस्थलमा सफाइ अभियान सुरु गरेको हो ।19510679_10209461490034981_8366804488284244011_n

अभियानको शुभारम्भका अवसरमा एनआरएनएका उपाध्यक्ष भवन भट्टले बिहीबार एक समारोहबीच नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र त्रिभुवन अन्तर्राष्टिय विमानस्थल कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायलाई सफाइ सामाग्री हस्तान्तरण गरे । सफाइ सामाग्री हस्तान्तरणसँगै एनआरएनएले एक महिनासम्म विमानस्थलका सफाइ कर्मचारीसँग मिलेर काम गर्ने छ । एनआरएनएले विमानस्थलको सफाइका लागि कर्मचारीलाई तालिम दिन अष्ट्रेलियास्थित खेम्स क्लिनिङका दक्ष प्रशिक्षक र प्राविधिक सहितको टोली झिकाएको छ । त्यो टोलीले एक महिनासम्म विमानस्थलमा कार्यरत सरसफाइ मजदुरमध्ये ३५ वर्षमुनिका १५ जनालाई सफाइ सामाग्रीको प्रयोग सम्बन्धी तालिम दिने छ ।19598893_10209461492635046_7100226290380080591_n

एनआरएनएका उपाध्यक्ष भवन भट्टले नेपालको पर्यटन प्रबद्र्धनका लागि एनआरएनएले अतिथि देवो भव: अभियान पनि संचालन गरिरहेको भन्दै प्रवेशद्धारको रुपमा रहेको विमानस्थल आउनासाथ पर्यटकहरुमा नेपालप्रति सकारात्मक भावना जगाउन सफाइ अभियान सुरु गरेको बताए । उनले एक महिने सफाइ अभियानमा परिणाम देखिने गरी तथा मुलुकका अन्य विमानस्थलले अनुसरण गर्ने गरी काम गर्ने बताए । एनआरएनएले सफाइ अभियान संचालनका लागि विमानस्थलको व्यवस्थापनसँग सम्झौता गरेको छ ।

19437485_10209461487434916_732824228874290124_n त्रिभुवन अन्तर्राष्टिय विमानस्थल कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायले यात्रुको अत्यधिक चापका कारण कार्यालयले विमानस्थल सफा राख्न नसकेको बताए । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलले पिक समयमा प्रतिघटा २ हजार ६ सय यात्रुलाई सेवा दिंदै आएको छ ।