दोस्रो चरणको निर्वाचनमा काग्रेसको वहुमत : प्रधानमन्त्री

कैलाली– प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसले बहुमत सहित जित हासिल गर्ने बताएका छन ।
धनगढी बिमान स्थलमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधान मन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा देशमा नेपाली कांग्रेस प्रती जनलहर बढदै गएको बताएका हुन ।

प्रधानमन्त्री देउवाले स्थानिय तह निर्वाचन पछि देशले बिकासको गती लिने समेत बताए । उनले स्थानिय चुनाबले सिहदरवारको अधिकार गाउँगाउँमा पुगेछि जनताहरुका धेरै समस्याहरु समाधान हुने समेत स्पस्ट्र पारे ।

पंचेश्वर र पश्चिम सेती जलबिद्युत जस्ता योजनाहरु निर्माणका लागि पहल कदमी गर्ने समेत देउवाको भनाइ थियो ।
केहि राजनितीक दलहरुका नेताहरुले छिमेकि दुई देशको सम्वन्ध बिगार्ने गतीबिधी गरेको संचारकर्मिको जिज्ञासामा प्रधानमन्त्री देउवाले छिमेकि दुई देशसंगको सम्वन्ध राम्रो राख्नु सक्नुनै देशको हितमा हुने समेत बताए ।

सानो आकारमा भएको मन्त्रिमण्डल चाडै बिस्तार हुने समेत प्रधानमन्त्री देउवाले स्पस्ट पारे ।त्यसैगरी आजै धनगढीमा नेपालीकाग्रेस कैलाली ले आयोजना गरेको चुनावी आमसभालाइ सम्वोधन गर्दै नेता देउवाले काग्रेस लाइ जिताए मात्र देशको विकास सम्भव हुने धारणा व्यतm गरे । उनले धनगढी उप महानगर पालिकाको मेयर पदमा नृृप वडुलाइ जिताउन जनतालाइ अनुरोध गरे ।