राजपालाई मनाउन आज पनि बैठक

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)लाई मनाउन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहित मुख्य तीन दलको बैठक आज पनि बस्ने भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक बस्नेछ । संविधान संशोधन, स्थानीय तहको सङ्ख्यामा वृद्धि र राजपालाई निर्वाचनमा सहभागी गराउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बुधबार बसेको बैठक बिनानिष्कर्ष टुङ्गिएको थियो ।

बैठकमा (एमाले) ले असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सार्न नहुने स्पष्ट धारणा राखिसकेको छ ।

राजपाका नेता शरतसिंह भण्डारीले सबै राजनीतिक दललाई चुनावमा जाने वातावरण सिर्जना गर्नका लागि राजपाले स्पष्टसँग माग राखेको बताए ।