नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा नेपाली जनसम्पर्क समिती बेल्जियमले बधाई दिएको छ ।
नेपाली जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटाले एक विज्ञप्ती जारी गर्दै नवनिर्वाचित प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना दिनुभएको हो । नयाँ संविधानको कार्यान्वयन र गणतन्त्र पछि को नया नेपालको जन कल्पना अनुसार देश लाई आगडि बडाउने गहन जिम्मेवारी नेपाली कांग्रेसका पार्टी सभापति एवं नव निर्बाचित प्रधानमन्त्री शेर बहादुर देउवाको काँधमा आएको उल्लेख गर्दै मुलुकको ४० औँ प्रधानमन्त्री को रुपमा चौथो पल्ट प्रधानमन्त्री निर्बाचित देउवा लाई हार्दिक बधाइ एवं सफल कार्यकालको लागी हार्दिक शुभ कामना सहित उहाको नेतृत्वमा बनेको सरकारमा असल, नैतिकवान, चरित्रवान र राष्ट्रप्रेमी ब्यक्तित्व हरुको प्रतिनिधित्व होस, मुलुकले नयाँ योजनाका साथ बिकाशको फड्को मार्न सकोस ।
जय नेपाल। सीता सापकोटा सभापती नेपाली जनसम्पर्क समिती: बेल्जियम ।







