कति भित्रियो इन्धन ?

birgunjवीरगन्ज – भारतबाट वीरगन्ज नाका हुँदै मंगलबार ठूलो परिमाणमा इन्धन नेपाल भित्रिएको छ । मंगलबार १३ लाख १० हजार लिटर इन्धन नेपाल भित्रिएको हो । बेलुकीसम्म रक्सौलबाट ९५ ट्यांकर इन्धन नेपाल भित्रिएको अमलेखगन्जस्थित नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्ज डिपोले जनाएको छ ।

मंगलबार सात लाख ३४ हजार लिटर डिजेल, तीन लाख लिटर पेट्रोल, दुई लाख ४० हजार लिटर हवाईइन्धन र ३६ हजार लिटर मट्टीतेल भित्रिएको अमलेखन्ज डिपोका प्रमुख भानुभक्त खनालले जानकारी दिए ।

भारत आयल कर्पोरेसन (आइओसी) को रक्सौल डिपोबाट लोड भएका ८३ र बरौनी डिपोबाट लोड भएका १२ गरी कुल ९५ ट्यांकर इन्धन नेपाल भित्रिएको खनालले बताए ।