चर्चित कलाकारहरु शम्भु राई, बद्रि पंगेनी र प्रीती आले बेल्जियममा

 

IMG_7441ब्रुज, २३ मे । नेपालको चर्चित कलाकारहरु लोकआधुनिक गायक शम्भु राई, चर्चिक लोक तथा दोहोरी गायक बद्रि पंगेनी, दोहोरी गायिका तथा बेली नाचको लागि ख्याती कमाएकी गायिका प्रीती आले अहिले बेल्जियममा छन् । प्रवासी नेपाली मञ्च बेल्जियमको निमन्त्रणामा बेल्जियममा आउनु भएको उहाहरुले गत २१ तारिक आईतबारको दिनमा Antwerpen शहरमा नृत्य निर्देशक शिब बि.कको साथमा एउटा भब्य कार्यक्रम गरेर बेल्जियमका नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको छ ।

प्रवासी नेपाली मञ्च बेल्जियमका अध्यक्ष वोधराज पौडेलका अनुसार यिनै कलाकारहरु लिएर २९ मे मा क्षेत्रिय कमिटी लुभेनले लुभेनको चेस क्याफे र क्षेत्रिय कमिटी ब्रुजले ३१ मे मा सिने लिबर्टी मा एक भब्य कार्यक्रमको आयोजना गर्न गईरहेको बताउनु भएको छ । बिशुद्ध मनोरञ्जन गर्न गराउन उहाँहरुलाई यहाँ बोलाईएको पनि उहाँले बताउनु भयो । र सबै बेल्जियममा रहनुभएका सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आफ्नो पायक पर्ने ठाँउमा गई मनोरञ्जन गर्नुहुन पनि अनुरोध गर्नुभएको छ ।

यस संस्थाका महासचिव चन्द्र शर्माले २१ मे Antwerpen को कार्यक्रममा सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिनुहुदै आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु लिएर आउने हामीलाई बताउनु भएको छ ।