लन्डन– २२ तारिख सोमबार ऊलवीचको लोटस क्लबमा ‘सनराइज धमाका’ सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।
हेम विष्टको साउण्ड सिस्टममा चार कलाकारले अन्तिम कार्यक्रम सोमबार साँझ उलवीच लोटस क्लबमा भएको थियो । प्रसुना कँडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि राजदूत डा. दुर्गाबहादुर सुवेदीले कलाकारहरु राष्ट्रका गहना भएको बताउँदै बेलायतवासी नेपालीले कलाकारहरुलाई सम्मान गर्ने गरेको बताए ।
कार्यक्रमको संयोजन युबा समाज सेबी तथा कला प्रेमी प्रकाश राज कँडेल र जीवन सेनले गरेका हुन् ।
लन्डनका पत्रकारहरु सम्मानित
पिस इन्टरटेन्मेन्टका निर्देशक भरतमणि चोङबाङले स्वागत मन्तव्य गरेको कार्यक्रममा क्रियाशील पत्रकारहरु नवीन पोखरेल, कुशल श्रेष्ठ, फडिन्द्र भट्टराई, ध्रुवराज अर्याल, शिव भण्डारी र विमला सेनेलाई मनोरन्जन उद्योगको विकास र नेपाली संस्कृति संवर्धन एवं प्रचार प्रसार गरेकामा सम्मान गरिएको हो । राजदूत डा. सुवेदी र पिस इन्टरटेन्मेन्टका चोङबाङ एवं सुमन अधिकारीले प्रशंसा(पत्र र खादाले सम्मान गरेका थिए ।






