१० बुँदे सहमतिसँगै भरतपुर महानगरको मतगणना सुरु

चितवन– भरतपुर महानगरपालिकको अवरुद्ध मतगणना सुरु भएको छ । शनिबार बिहान भएको छलफलमा १० बुँदे सहमति भएसँगै मतगणना सुरु भएको हो ।
यसअघि शुक्रबार साँझ निर्वाचन अधिकृतले धाँधली गर्न खोजेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले मतगणना बहिस्कार गरेका थिए ।
अहिले हिजो गणना हुँदा हुँदै रोकिएको १० नम्वर वडाबाट मतगणना भएको छ । यस्तै हिजो विवाद भएका अन्य वडाका वारेमा सर्वदलीय कार्यदलले टुंगाउने सहमति भएको छ । सर्वदलीय कार्यदलले देखिएको समस्या हल गर्दै जाने बताइएको छ । १० नम्वर वडापछि २९, ११ वडापछि २८ वठा गरी दुईतिरबाट मतगणना गरिने सहमतिमा छ ।