काठमाडौं– भरतपुर महानगरपालिकामा प्रारम्भिक मत गणनामा पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल दोस्रो स्थानमा देखिएकी छन् ।
एक सय मत गणना गर्दा प्रचण्डपुत्री रेणु दाहाललाई देबी ज्ञवालीले लिड गरेका छन् ।
एक सय मत गन्दा मेयरका एमाले उम्मेदवार देवी ज्ञवालीले ४९ मत पाएका छन् भने रेणुले ४१ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा पनि एमालेले नै अग्रता लिएको छ । एमालेकी उम्मेदवार दिब्या आचार्यको ४३ मत आएको छ भने कांग्रेसकी पार्वती शाहले ३६ मत पाएकी छन् ।
भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनमा मेयर र उममेयर उठेका हुन् ।






