गठ्ठाघरमा भेटियो फर्सीभित्र सकेट बम, यसरी पारियो निस्क्रिय

भक्तपुर– भक्तपुरको गठ्ठाघर बाट कौशलटारतिर जाने सहायक सडकमा फर्सिभित्र राखेको अवस्थामा सकेटबम भेटिएको छ ।

पहिलो चरणको स्थानिय निर्वाचन शुरु भईसकेको समयमा भेटिएको सकेटबम नेपाली सेनाको टोलीले निष्क्रिय बनाईसकेको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी श्यामबावु ओलियाले जानकारी दिए ।

सकेटबम कसले राखेको भन्नेबारे खुल्न सकेको छैन ।

यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।